२०७७ जेठ १० गते १२:५६ समीर ढकाल
हो मानिस मलाई त सँग बदला लिनुछ
मलाई मारेझै, तलाई मार्ने
मेरो साथी कोरोना आको छ।
दुवै पखेटा फैलाएर आत्मा समर्पण पनि गरे
चारै वटा खुटा जोड्दै जीवनको भिक पनि मागे
तर के गरिस?
त आफै भन, हरेक पटक किन यस्तै गरिस?
छालहरू सँगै बग्ने म,
दुई पेक रक्सी सँगै पेटभित्र बगाइस
लेखक
जंगलको राजा म
चारभिते दिवार भित्र कैद गराइस
हो मानिस, मलाई त सँग साचै बदला लिनुछ
मलाई मारेझै , तलाई मार्ने
मेरो साथी कोरोना आको छ।
मेरो छाला, तैले कपडा बनाइस
मेरो अंग, तेरो घरको सझावट
रमाउन मलाई सिकार बनाइस
छानि छानि हामीलाई तेरो निशाना बनाईस
हेर त मानिस तैले के के गरिस?
एउटाको रिसमा, लाचार बनिस
सोच त, सबै मिले के गछस् ?
यस पटक , बाच्लास त
अको पटक के गरछस् ?
hakalsrd07@gmail.com
Copyright © 2025 Bikash Media Pvt. Ltd.