२०७७ जेठ १० गते १४:१७ नविन पाेखरेल
काठमाडौं । विमान सेवा संचालक व्यवसायीहरुले लकडाउनको कारण विमानहरुले आफ्नो उडान भर्न नपाई ग्राउण्डेड रहदा ग्राउण्डेड बीमा गर्नु पर्ने बाध्यता आउन सक्ने बताएका छन् ।
बीमा कम्पनीका अनुसार विमान सेवा संचालकहरुले बीमा शुल्क बुझाउने अवधि थप्न माग गर्दै आएका छन् ।
‘उडेको विमानमा खतरा पनि धेरै हुनेले त्यस्तो अवस्थामा बिमांक महङ्गो हुन्छ, तर रोकेर राखेको बीमानमा खतरा कम हुन्छ, सोही कारण विमान उड्दा बीमा शुल्क धेरै बुझाउनु पर्छ भने नउडाई राख्ने बेलामा बीमा शुल्क निकै कम हुने गर्छ, यसरी विमान उडनै पाएन भने हामीले ग्राउण्डेड बीमा गर्न बाध्य हुन्छौ,’ श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धरले विकासन्युजसँग भने ।
प्रबन्धक मानन्धर बीमा कम्पनीहरुलाई आफूहरुले बीमा शुल्क बुझाउने म्याद थप्ने विषयमा सल्लाह भइरहेको र एक हप्ता भित्र टुङ्गो लाग्ने बताउँन् ।
अहिले छैन ग्राउण्डेड इन्स्योरेन्स, बाध्यता आईलाग्न सक्छ
विमान व्यवसायीहरुका अनुसार अहिले विमान कुनै पनि बेलामा संचालनमा आउनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा ग्राउण्डेड बीमा गराउनु राम्रो हुँदैन । तर लकडाउन निकै बढेको अवस्थामा तथा विमानलाई ग्राउण्डेड अवस्थामा लामो समय राख्नु पर्ने निश्चित भएमा उक्त बीमा गराउन आवश्यक हुन्छ ।
अहिले विश्वमा कोरोना महामारी फैलिएका कारण धेरै वटा देशहरु लकडाउनमा छन् । नेपालले गत चैत ११ गतेदेखि सुरु गरेको लक डाउन जेठ २० गतेसम्म निरन्तर रहने सरकारको निर्णय छ । तरपनि आगामी दिन विगतको तुलनामा कस्तो अवस्थामा कस्तो रहला सहजै अनुमान गर्न सक्ने स्थिति छ्रैन । विशेष गरेर हवाई क्षेत्रपनि विगतको जसरी चल्न त्यति सहज नरहेको व्यवसायीको धारणा छ ।
मुख्यत विदेशी पर्यटकहरुबाट आय आर्जन गर्ने भएकाले अहिले हवाई व्यवसायीहरुले भोलिका दिन ठ्याक्कै कस्तो होला भन्ने धारण बनाई नसकेको बताउँछन् ।
यस्तो छ बीमा कम्पनीको भनाई
नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काका अनुसार लकडाउनका कारण हवाई बीमाको बीमा शुल्क त्रैमासिक रुपमा बुझाउने प्रस्ताव व्यवसायीहरुले ल्याएका छन् ।
‘अहिले लक डाउनको कारण विमानहरु उड्न पाएका छैनन् । अन्य बेलामा विमान कुनै किसीमका दुर्घटनामा नफसेको बेलामा बीमा शुल्कमा छुट दिने गरिन्छ, त्यस्तै अहिले विमान नउड्दा जोखिम कम भएकोले सोही कारण जोखिमको घटबढका आधारमा बीमा शुल्कमा केही हेरफेर हुनसक्छ, अहिले विमान व्यवसायीको तर्फबाट पनि बीमाशुल्क त्रैमासिक रुपमा बुझाउने कुरा आई रहेको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.