२०७७ जेठ १० गते १८:२५ विकासन्युज
काठमाडौं । विदेशमा हालसम्म मृत्यु भएका २ सय ७ शवहरूमा ५८ शवलाई गन्तव्य मुलुकमा अन्त्येष्टिका लागि परिवारले स्वीकृति दिएका छन् । कोरोना भाइरस फैलिनु अगाडी १ सय ९७ शव रहेका थिए भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ ।
श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा गत वैशाखमा बसेको बैठकले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको शव गन्तव्य मुलुकमा नै अन्त्येष्टि गर्न दिने परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने भनिएको छ । लामो समयसम्म लकडाउनका कारण शव ल्याउन नसकेको बोर्डले जनाएको छ ।
वैदेशिक राेजगारीमा रहेका युएइमा ५ जना, कतारमा १ जना, साउदीमा ३ जना, टर्कीमा १ जनामा गरि १० जनामा काेराेनाबाट मृत्यु भएकाे छ भने करिब ७ हजारजनामा काेराेना पुष्टि भएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.