२०७७ जेठ १२ गते १७:५५ विकासन्युज
काठमाडौं । लकडाउनले बन्द रहेका उद्योग संचालन गर्न मजदुर उद्योगसम्म ल्याउन सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाले थला परेको अर्थतन्त्र चलाउन आवश्यक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बताएका हुन् ।
विभिन्न उद्योगमा काम गर्ने मजदुर उद्योगसम्म आउनका लागि जिल्ला प्रशासनले सहयोग गर्ने छ । उद्योगमा काम गर्ने मजदुरको स्वास्थ्यमा भने उद्योग र सरकार मिलेर परिक्षण गरी काममा लागाउने प्रधानमन्त्रीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.