२०७७ जेठ २१ गते ६:५३ विकासन्युज
काठमाडौं । सन् १८९१ देखि यता कुनैपनि गम्भिर चक्रवातको सामना नगरेको मुम्बईले आज बुधवार भने १०० देखि २०० किलोमिटर प्रतिघन्टाको रफ्तारवाला चक्रवातीय तूफानको सामना गर्दैछ ।
भारतीय मौसम विभागले शहरको तल्लो भाग डुब्न सक्ने बताउँदै हावाहुरी, भारी वर्षा तथा तूफानका वेला सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये एक तिहाई मानिसहरु गुमाइसकेको महाराष्ट्रमा फेरी यो अर्को संकट आउन लागेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.