२०७७ जेठ २८ गते ९:०५ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाको तामाकोशी गाँउपालिकामा सडकमा ढुंगा सोलिङ गर्ने र ढल निर्माण गर्ने काम भइरहेको छ । जेठ ११ गतेदेखि शुरुभएको उक्त काम दैनिक १ सय ९२ जनाले गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक दिप्रेन्द्र कार्कीले बताए ।
‘७ वटा वडा रहेको उक्त गाँउपालिकामा प्रधानमन्त्री कार्यक्रमका लागि ६७ लाख ३३ हजार रुपैयाँ मन्त्रालयले छुट्याएको छ, सो रकम हामीले प्रत्येक वडामा बराबर विनियोजन गरेका छौं’ उनले भने ।
संयोजक कार्कीले यस वर्ष कोरोनाको प्रभावले गर्दा ४० दिनमात्र रोजगारी दिने जानकारी दिए । दैनिक ७ सय ५० रुपैयाँको दरले प्रत्येक वडामा २६, २७, २८ जना श्रमिकले विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म काम गरिरहेको संयोजक कार्कीले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा पनि सकेसम्म सामाजिक दुरी कायम गरेर काम भइरहेको जनाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको अघिल्लो वर्ष ब्यापक आलोचना भएको थियो ।
श्रमदानले हुने कार्यक्रमका लागि सरकारले कराेडाैं रूपैयाँ खर्च गर्याे भन्ने टिकाटिप्पणी भइरहेकाे याे कार्यले एक नमुनाकाे रूपमा स्थापित भएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.