२०७७ जेठ ३० गते १३:११ विकासन्युज
काठमाडाैं । कृषि विकास बैंकका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि नेकाे इन्स्याेरेन्सले कोरोना बीमा अन्तरगत एक लाख दावी भुक्तानी गरेकाे छ । कोरोना बीमामा परेकाे याे पहिलाे दावी तथा भुक्तानी भएको नेकाे इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक खड्काले जानकारी दिए ।
बैंकका सबै कर्मचारीकाे सामूहिक काेराेना बीमा नेकाे इन्स्याेरेन्स कम्पनीमा भएकाे थियाे । बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मानव संशाधन विभाग प्रमुख दीर्घ बहादुर अर्याल मार्फत बीमितलाई बीमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको उनले बताए ।
कृषि विकास बैंकका अनुसार गुल्मी जिल्लाकाे फुर्काेट शाखामा कार्यरत अाेम बहादुर डाँगीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।
बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुने बताइएको छ ।
प्रति व्यक्ति एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ । समूहमा गर्दा एक लाखकाे बीमा प्रति व्यक्ति ६ सय रूपैयाँ र ५० हजारकाे बीमा गर्दा प्रति व्यक्ति ४ रूपैयाँमा काेराना बीमा हुन्छ ।
हाल यस बीमा गर्दा लाग्ने शुल्ककाे ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था बजेटमा गरिएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.