युक्रेनः राष्ट्रपतिकी पत्नीमा कोरोना पोजिटिभ

  २०७७ जेठ ३१ गते ६:२९     विकासन्युज

काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना पोजिटिभ पुष्टि भएको छ ।

परिवारकै परिक्षण गरिएकोमा हिजो शुक्रवार ओलेनालाई कोरोना पोजिटिभ पुष्टि भएको हो भने उनका पति तथा दुवै बच्चाहरुको रिपोर्ट चाहिँ नेगेटिभ आएको छ ।

पत्नीलाई कोरोना पुष्टि भएसँगै राष्ट्रपतिले आफ्ना सवै बैठकहरु तत्कालका लागि रद्द गरेका छन् । ओलेनाले बताए अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेकोले तत्काल अस्पताल भर्ना हुने छैनन् भने परिवारबाट चाहिँ अलग्गै बस्नेछिन् ।