प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त

  २०७७ असार ४ गते १७:१६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो ।

कम्पनीको असार २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए ।