लगानी बोर्डद्वारा पाैने २ खर्बका ७ परियाेजना स्वीकृत

  २०७७ असार ६ गते २१:०२     विकासन्युज

काठमाडौं । लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको ४४ औं बैठकले ७ परियोजनाहरुका लागि सो रकमको विदेशी लगानी स्वीकृत गरेको को ।

विभिन्न ७ परियोजनाका लागि सो लगानी स्वीकृत गरिएको हो । लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग रहेका छन्।

बैठकले बाँके कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहित १२५ मेगावाटका छुट्टाछुट्टै सौर्य उर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन अध्ययनको जिम्मेवारी रिसेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति प िनदिएको छ।

जलविद्युत आयोजनाहरुमा ३२७ मेगावाटको अअपर मस्र्याङदी २ हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, म्याग्दी खोला हाइड्रोपावर, इसुवा खोला हाइड्रोपावर र १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावर रहेका छन् ।

बैठकले अपर मस्र्याङदी २ हाइड्रोपावरका लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोपावर लागि १३ अर्ब ५७ करोड र १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावरका लागि २८ अर्ब ६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

यस्तै, बोर्डको बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।