२०७७ असार ७ गते ८:०९ विकासन्युज
काठमाडौं । साउदी अरेबियाले आइतबार देखि कफ्यू हटाउने भएको छ । राष्ट्रव्यापी रुपमा घोषणा गरेको कर्फ्यू हटाउने भए पनि अन्य प्रतिबन्ध अझै बाँकी रहने छन् ।
साउदी प्रशासनले भनेका छ कि सबै आर्थिक र व्यापारिक गतिविधिहरू सुरु गरिनेछ तर अन्तर्राष्ट्रिय भ्रमण र धार्मिक यात्रामा प्रतिबन्ध लगाइनेछ । साउदी अरेबियाले जुलाईमा कुनै पनि हज यात्रा शुरू गर्ने घोषणा गरेको छैन ।
यद्यपि मलेसिया र इन्डोनेसिया जस्ता धेरै देशहरूले भनेका छन् कि यसले आफ्ना जनतालाई हज यात्रामा जाने अनुमति दिदैन । २५ लाख भक्तहरू हरेक वर्ष हज यात्राको लागि मक्का शहरको भ्रमण गर्छन् ।
जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार साउदी अरेबियामा हालसम्म १ लाख ५५ हजार जनामा कोरोना संक्रमण भएको छ भने १ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.