२०७७ असार ७ गते ११:३६ विकासन्युज
काठमाडाैं । नेपाली समय अनुसार १०ः५५ देखि सूर्य ग्रहण सुरु भएको छ। अहिले बिहान १०ः५५ देखि सुरु भएको ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुनेछ।
ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिने बताइएकाे छ । मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।
ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुने जानकारहरु बताउँछन्। सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। यसो गर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश पर्ने र रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण भइरहेकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.