गुराँस लाइफ इन्स्योरेन्सले असार १४ गतेदेखि हकप्रद निष्काशन गर्दै

  २०७७ असार ८ गते १३:०६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी असार १४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । परिस्थिति सहज भएसँगै कम्पनीले पुनः अर्को सुचना जारी उक्त दिनदेखि साउन ४ गतेसम्म १ बराबर १ को अनुपातमा हकप्रदको बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले २०७६ चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर काेभिड-१९ नियन्त्रणकाे लागि लकडाउन भएसँगै स्थिगित भएकाले कम्पनीले नयाँ सूचना मार्फत जानकारी गराएको छ ।

कम्पनीले फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुका लागि प्रति साधारण सेयर

कम्पनीले १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे लागि  फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुले असार १४ गतेदेखि साउन ४ गते बैंकिङ्ग समयभित्र आवेदन दिन सक्ने छन् ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।