२०७७ असार १० गते ७:१३ विकासन्युज
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार ७ खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । संक्रमित खेलाडीहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज हुन् ।
यसअघि सोमबार मात्र शादाब खान, हरिस रउफ र हैदर अली कोरोना संक्रमित भएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको थियो ।
पछिल्ला दुई दिनमा १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।
खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ ।
पछिल्ला दिनहरुमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । हालसम्म १ लाख ८५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन, भने ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । (बीबीसीबाट)
Copyright © 2025 Bikash Media Pvt. Ltd.