२०७७ असार ११ गते १३:२३ सन्ताेष राेकाया
काठमाडौं । विभिन्न समयमा नेपाल आइपुग्छ भनेको रेल भारतको ग्यारेजमै थन्किएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल भारतको ग्यारेजमै थन्किएको हो । विभिन्न समयमा विविध प्राधिक कारण देखाउँदै ल्याउन नसएिको बताइँदै आएको रेल विभागले अहिले रेल ल्याउन नसकिएको मुख्य कारण कोरोना भाइरसलाई मानेको छ ।
नेपाल सरकार अन्तर्गतको रेल विभागले विभिन्न समयमा भारतमा निर्माणाधीन रेल नेपाल ल्याउने भनेपनि अहिलेसम्म सो रेल नेपाल आउने कुरा अनिश्चित नै बनेको छ । अहिले आएर विभागले भाका तोक्न पनि छोडिसकेको छ ।
रेल विभाका सूचना अधिकारी अमन चित्रकारले नेपालमा ल्याउने रेल भारतमा तयार भइसकेको भएपनि नेपाल ल्याउने भने अनिश्चित नै भएको बताए । यो भन्दा अगाडि विभिन्न प्राविधक कारण्नले ल्याउन नसकिए पनि अहलिे भने कोरोना मुख्य कारण भएको उनले बताए ।
विभागको यो भन्दा अगाडिको भाका चैतमा ल्याउन थियो तर चैत महिनामै लकडाउन सुरु भएपछि भारतमा निर्माण भइसकेको रेल नेपाल ल्याउन कठिन भएको हो ।
‘भारतमा रेल तयार भइसकेको छ, कोरोना भाइरसको कारण हाम्रो कुनै कुरा नै भएको छैन, भारतमा हाम्रो सम्झौता भएको कम्पनी महाराष्ट्रमा कार्यालय भएको कम्पनी हो । महाराष्ट्रमा कारोनाको असर धेरै भएकोले अहिले ल्याउन सक्ने अवस्था छैन,’ चित्रकारले भने ।
यो भन्दा अगाडि रेलको लागि निर्माण गरिएका केही पूर्वाधारहरु मर्मत गर्न ढिलाई भएकोले अर्को समयमा लागि रेल ल्याउने समय तोकिएको थिाये । विभागले सुरुमा दशैं लगत्तै नेपाल रेल आइ पुग्ने बतायो । त्यतिखेर पनि विविध कारण रेल नेपाल आउन नसकेको भन्दै माघको लागि मिति तोक्यो । विभागले माघमा रेल ल्याउनका लागि भौतिक संरचना तयार नभएको भन्दै माघमा पनि रेल ल्याउन सकेन । पुनः समय चैतका लागि सारियो ।
चैतमा पनि कोरोनाको कारण लकडाउन भएको भन्दै त्यसबेला पनि नेपालमा रेल ल्याउन सकिएन । अहिले भने रेल नेपाल आउने समय अनिश्चित नै बनेको छ । ‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं, तर अहलिे कोरोनाको कारण ल्याउने समय अनिश्चित नै बनेको छ,’ उनले भने ।
उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा तयारी अवस्थामा रहेको बताए । नेपाल सरकारले भारतको कोनकोन रेलवे कर्पोरेशन लिमिटेडसँग २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेर भुक्तानी समेत पठाइसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोनकोन रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाइसकेको बताइको छ ।
सम्झौता अनुसार नेपालमा रेल आइसकेपछि बाँकीको रकम भुक्तानी गरिने छ । एसी बोगी र जनरल बोगीमा १ पटक कम्तिमा पनि १ हजारदेखि १ हजार २०० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नेपालमा नभएका कारण बनिसकेको रेल समेत नेपाल ल्याइएको छैन । तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.