भारतीय जी न्यूजका सम्पादक चाैधरीले नेपालीसँग माफी मागे

  २०७७ असार २६ गते १६:१७     विकासन्युज

काठमाडाैं । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक  सुधीर चौधरीले माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा ट्वीट गर्दै माफि मागेका हुन् ।

नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका उनले माफि मागेका हुन् ।

नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपालु भन्ने आशयको ट्वीट चौधरीले बिहीवार गरेका थिए । उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् ।

उनले ट्वीटमार्फत भनेका छन्, ‘मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु ।’

उनकाे ट्वीट यस्ताे छ:

https://twitter.com/sudhirchaudhary/status/1281480630933413888?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1281480630933413888%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F112578%2F2020%2F7%2F10%2Fzee-news