२०७७ असार २६ गते २०:५३ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अहिले ८ बजेपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।थापाका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन साझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने छ ।
पछिल्लो समय सत्तारुढ नेकपाका बहुमत शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको अवस्था छ भने देशभर ओलीको पक्षमा प्रदर्शन पनि जारी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.