२०७७ असार ३१ गते १५:५० विकासन्युज
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धारणा मागेको छ ।
मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धारणा मागेको हाे । विज्ञप्ति प्रधानमन्त्रीका अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको शर्माले उल्लेख गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.