एक जिल्लाबाट अर्को जिल्लामा गाडी चल्ने, शैक्षिक संस्था भने बन्द नै रहने

  २०७७ साउन ५ गते २१:०८     विकासन्युज

काठमाडाैं । सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको बताइएकाे छ ।

सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको बताइएकाे छ । ।यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन्

विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने निर्णय भएकाे बताइएकाे छ ।