२०७७ साउन ६ गते १४:४८ विकासन्युज
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै आजका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। नेकपाले सरकारलाईसमेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ।
अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मंगलबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन्। बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
Copyright © 2025 Bikash Media Pvt. Ltd.