२०७७ साउन ६ गते १९:०२ विकासन्युज
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा(एजीएम) आज(साउन ६ गते) काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न भएको छ ।
उक्त सभाले सामान्य तथा विषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै, सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने निर्णय गरेको छ ।
दिउँसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.