भाेलीदेखि पर्सामा निषेधज्ञा

  २०७७ साउन १८ गते ११:५३     विकासन्युज

काठमाडाैं । साेमबारबाट पर्सा जिल्लाभरी लागु हुने भएकाे छ । काेराेना भाईरस (काेभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समितिको बसेको बैठकले बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो।

यसअघि साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेको थियो।

निषेधज्ञा अवधिभर औषधी पसल, स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला जस्ता अत्यावश्यक सेवा बाहेक अन्य संचालन गर्न नपाईने र औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ।

साथसाथै यस समयमा भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन पनि निषेध गरिएको छ।