२०७७ साउन १८ गते १६:०४ विकासन्युज
काठमाडौं । प्लाजमाथेरापीबाट नेपालमै पहिलाेपल्ट महाराजगञ्जस्थित टिचिङ अस्पतालमा काेराेना संक्रमितकाे उपचारमा भएकाे छ ।
अस्पतालका काेभिड व्यवस्थापन समितीकाे संयाेजक डा. सन्तकुमार दासले विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको बताए ।
प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो । यस विधि धेरै देशमा प्रयोग भईसकेकाे र नेपालमा भने पहिलाेपटक भएकाे दासले बताए ।
साे पुरुषमा साउन १० गते अस्पताल भर्ना हुँदा निमाेनियाका बिरामी रहेकाे र हाल उनकाे स्वास्थ्य अवस्थामा धेरै सुधार आएकाे उनले बताए । यससँगै अर्काे एक काेभिड-१९ काे बिरामीकाे पनि यस विधिबाट नै उपचार गर्ने तयारी भईरहेकाे दासले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.