२०७७ साउन २० गते ९:०० विकासन्युज
काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो ।
सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.