अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा देखियाे कोरोनाभाइरस संक्रमण

  २०७७ साउन २० गते १४:१०     विकासन्युज

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण देखिनेमा १४ प्रहरी र एक सिभिल ड्राइभर रहेकाे आयोगको एक कर्मचारीले बताएका छन् । १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएकाे उनले बताए ।