२०७७ साउन २३ गते १७:०६ विकासन्युज
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो ।
बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको कर्मचारीले कोरोना बीमाको दाबी गरेका हुन् । इन्स्योरेन्स कम्पनीले सोही दाबी भुक्तानी तत्कालै फर्छ्यौट गरेको हो ।
नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो भने नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो ।
सो दाबी भुक्तानी फर्छ्यौटको जानकारी नेपाल इन्स्योरेन्स कम्पनीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.