२०७७ साउन २८ गते १३:४० विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो पुस्ता र नयाँ पुस्ता मिलेर देश बनाउनु पर्ने धारणा राखेका छन् । बुधबार युवा दिवसको अवसर पारेर भर्च्युल सम्बोधन गर्दे उनले यस्तो कुरा बताएका हुन् ।
‘युवासँग योग्यता छ, क्षमता छ, पुरानो पुस्तासँग अभुभव छ, यी विविध विशेषताहरुले देश बनाउन मद्दत पुग्छ, मिलेर देश बनाउनु पर्छ,’ उनले भने ।
अहिले स्थानीय तहमा पनि ४० प्रतिशत सहभागिता युवाहरुको रहेको बताउँदै अब देश निर्माणमा युवाको भूमीका महत्वपूर्ण हुने उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.