२०७७ भदौ २ गते १२:४५ विकासन्युज
काठमाडौं । नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियाेगितामा अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।
यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।
जुलाई ६ तारिखमा लण्डनमा भएकाे लण्डन स्पिरिट्स प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको हाे ।
प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरुले अन्य उच्चतहकाे प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १ सय मध्ये कूल ९४ सर्वोत्कृष्ट अंक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रुपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका छन् ।
“नेपाल डिष्टिलरीज्ले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ बहन गर्दै आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरव महसुस गरेका छाैं,” नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.