२०७७ भदौ ४ गते १८:२७ विकासन्युज
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको प्रधानमन्रत्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
उनले नियमित बैठक भएको जानकारी दिए । बैठकले काेराेनाकाे बारेमा निर्णय गर्नेछ ।
बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने, काठमाडौं उपत्यकामा गरिएको एकहप्ते निषेधाज्ञा, कोरोना संक्रमणलाई फैलन नदिनको लागि ठोस योजनाको बारे र स्वास्थ्य क्षेत्रका विषयमा समेत केही निर्णय गर्ने संभावना रहेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.