काठमाडाैं उपत्यकामा थप १६६ जनामा देखियाे कोरोना

  २०७७ भदौ ७ गते १६:३०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको १२६, ललितपुरको १२ र भक्तपुरको २८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २६१२, ललितपुरमा ४१० र भक्तपुरमा २७३ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३२६३ पुगेको छ।

आज देशभर ८ सय १८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।