लक्षण नभएका काेराेना संक्रमित अस्पताल भर्ना हुन नपाउने

  २०७७ भदौ ७ गते १७:०२     विकासन्युज

काठमाडाैं । अब लक्षण नभएका काेराेना संक्रमितहरु अस्पताल भर्ना हुन नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकाे काेराेनाका बिरामीहरु अस्पतालमा नभई अथवा आईसाेलेसन सेन्टरमा बस्नुपर्ने बताएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले लक्षण नभएका काेराेना संक्रमित अस्पताल भर्ना हुँदा लक्षण भएकाहरुले बेड नपाउने भएकाले यस्ताे निर्णय गरिएकाे बताए ।

मन्त्रालयले काेभिड १९ का बिरामीहरुलाई राख्ने ३ स्थान छुटाएकाे छ । यस अनुसार लक्षण भएका व्यक्तिहरु अस्पताल र लक्षण नभएका व्यक्तिहरु घरमा छुटै काेठा र शाैचालय भए हाेम आईसाेलेसनमा र त्याे संम्भव नभएकाे अवस्थामा सरकारद्धारा ताेकिएकाे आईसाेलेसन सेन्टरमा राखिने छन् ।

हाेम आईसाेलेसनमा बसेकाहरुलाई टेलिफाेनकाे साथसाथै चिकित्सकले घरमै आएर सेवा दिनेछन् ।

आज मात्र नेपालमा ८१८ जनामा काेराेना पुष्टि भएकाे छ भने कुल संक्रमितकाे संख्या ३१ हजार ९ सय ३५ पुगेकाेछ जसमा  १८ हजार ६ सय ३१ जना निकाे भईसकेका छन् ।