२०७७ भदौ ७ गते १८:५१ विकासन्युज
काठमाडाैं । अब काठमाडाैं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्र खाद्यान्न र तरकारीका पसलहरू खाेल्न पाइने भएकाे छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हाे।
बैठकले औषधी पसल भने जुनसुकै समयमा खाेल्न पाइने भएकाे छ । उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.