२०७७ भदौ ९ गते १४:३८ विकासन्युज
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ ।
मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च गरेको जनाएको हो ।
मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८१ प्रतिशत खर्च गरेको थियो ।
मन्त्रालयले अपेक्षाकृत प्रगति नगरेको स्वीकारेको छ । मन्त्रालयका प्रवक्ता तथा सकमल प्रसाद भट्टराईले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न सामग्रीहरुको अभावले उल्लेख्य प्रगति नभएको बताएका छन् ।
उनले मन्त्रालयले पुँजीगत तर्फ ६४ वित्तीय तर्फ ५४ प्रतिशत र चालु तर्फ ८० प्रतिशत प्रगति भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पनि मन्त्रालयको वार्षिक प्रगति उत्साहजनक नभएको बताए । उनले कोरोना भाइरसको कारण उल्लेख्य काम हुन नसकेको बताए ।
‘कोरोना नभएको भए हामी धेरै काम गर्थ्यौं, कोरोना नभएको भए भैरहवा विमानस्थलको निर्माण सम्पन्न भइसक्थ्यो त्यसमा साढे तीन अर्ब रकम खर्च हुन सकेन, निजगढ विमानस्थलमा पनि खर्च हुन सकेन, पोखरा विमानस्थलमा पनि त्यस्तै समस्या आयो, त्यसेले सोचेको जस्तो काम भएन,’ उनले भने ।
उनले कोरोना नभएको भए मन्त्रालयको प्रगति ९० प्रतिशत हुन सक्ने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.