विदेश जाने विद्यार्थीकाे लागि बाटाे खुल्ला: ‘नो अब्जेक्सन लेटर’ पुन: वितरण गरिने

  २०७७ भदौ १० गते १४:५६     विकासन्युज

काठमाठाैं । काेभिड-१९ काे कारण सरकारले गत चैतदखि बन्द गरेकाे नाे अबजेकस्न लेटर  फेरी खुला गर्ने निर्णय गरेकाे छ ।

उच्च शिक्षाकाे लागि विदेश पढ्न जाने विद्यार्थीकाे लागि महत्वपुर्ण रहेकाे नाे अब्जेकस्न लेटर मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेकाे शिक्षा मन्त्रालय अन्तर्गतकाे उच्च शिक्षा महाशाखाका एक कर्मचारीले बताए ।

शिक्षा मन्त्रालयले क्याबिनेटमा नाे अब्जेकस्न लेटर खुला गर्ने प्रस्ताव लगेकाे उनले बताए ।

भदाै १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो। याेसँगै विदेश पढ्न जानलाई राेकिएकाे प्रकृया फेरी सुरु हुनेभएकाे छ ।