२०७७ भदौ ११ गते १६:२६ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको २७०, ललितपुरको ६६ र भक्तपुरको ४१ जना रहेको गौतमले बताए ।
आज देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.