२०७७ भदौ १२ गते १३:२१ विकासन्युज
काठमाडाैं । उद्योगी तथा काँग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण देखिएकाे छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार बिहान संक्रमण पुष्टि भएको उनले जानकारी गराएका छन् । उनले आफूमा कुनै लक्षण नदेखिएको पनि लेखेका छन् ।
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले अनुराेध गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ, भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन, यद्यपि, मैले चिकित्सकहरुको सल्लाह अनुसार म सेल्फ आइसोलेटमा छु। मसँग सम्पर्कमा आउनुभएका जोकाेही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
Copyright © 2025 Bikash Media Pvt. Ltd.