एकजना काेराेना संक्रमितले ३ हजार मानिसलाई सार्न सक्ने

  २०७७ भदौ १४ गते १७:२४     विकासन्युज

काठमाडाैं । एकजना काेराना संक्रमितले ३ हजार मानिसलाई काेराेना सार्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एकजना काेराना संक्रमितले ३ हजार जनालाई काेराेना सार्न सक्ने बताएका हुन् ।

उनले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा यस्ताे बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । आइतबार मात्र नेपालमा हालसम्मकै उच्च १२ सय २१ संक्रमित थपिएका छन् भने त्यसमा उपत्यकाका मात्रै ४२९ जना रहेका छन् । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण बढेकाे अवस्था छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ।

हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने आजसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २० हजार ८ सय २२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २१६ पुगेकाे छ ।