काठमाडौं आवागमनमा अब नयाँ नियम, यस्ताे प्रक्रिया पुर्याएर मात्रै आवतजावत गर्न पाइने

  २०७७ भदौ २५ गते १७:०५     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं आवतजावतमा नयाँ व्यवस्था गरेको छ । अब काठमाडौंका नाकाबाट आवतवजावत गर्दा थप कडाई गरिने जनाएको छ ।

यस अघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजिकरण गर्दै आएकोमा अब भने थप कडाई गरिने भएको जनाइएकाे हाे ।

अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजात, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिस अनिवार्य बाेक्नु पर्नेछ ।

यी नियमहरु पालना नगर्नेले काठमाडौं उपत्यका भित्र प्रवेश र उपत्यकाबाट बाहिरिन नपाउने उल्लेख गरिएको छ ।