२०७७ भदौ ३० गते १९:२७ विकासन्युज
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिइएको हाे ।
कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको बताइएकाे छ । गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.