२०७७ मंसिर १३ गते २३:०० विकासन्युज
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्दी गुणनिधि तिवारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ५८ र तिवारीले ४७ मत ल्याएका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।
श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।
महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ विजयी भएका छन् ।
सम्बन्धित समचार:
Copyright © 2025 Bikash Media Pvt. Ltd.