२०७७ मंसिर १४ गते ४:३९ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट तर्फकाे उपाध्यक्षमा रामचन्द्र संघाइ निर्वाचित भएका छन् । उनी चन्द्र प्रसाद ढकालकाे समूहबाट चुनावी प्रतिस्पर्धामा थिए ।
संघाईले ४ सय ५५ मत पाएका छन्। उनको प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत पाएका छन् ।
यस समूहबाट १९ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् । मंगेशलाल श्रेष्ठ र बिराट थापा बराबर आएको छ ।
एशोसियट तर्फको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८०२ मत ल्याएर विजयी भएका छन् ।
महासंघको एशोसियट तर्फ अबिनास बोहरा ४७६, आनन्द बगरिया ४९९ र कृष्णलाल महर्जन ४६२ मत ल्याएर विजयी भए ।
यस्तै गोपाल खनाल ७५१, ज्योत्स्ना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६ मत ल्याएर विजयी भए ।
रन्जित आचार्य ४५९, राजेशकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, साहिल अग्रवाल ७३०, सैलेन्द्र गुरागाई ६३०, शुसील थापा ४३०, हेमन्त गोल्छा ५०९ मत ल्याएर विजयी भए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.