२०७७ मंसिर १४ गते ११:०९ विकासन्युज
काठमाडाैं । गएकाे हप्ता लगतार घटेकाे सुनकाे मूल्य आज पनि घटेकाे छ । आज सुनकाे मूल्य ६ सयले घटेकाे हाे । शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा काेराेबार भएकाे सुन आइतबार ताेलाकाे ९० हजार ७ सय पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ६ हजारले घटेर ९० हजार दुई सय रुपैयाँ पुगेकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला ११५० रुपैयाँ पुगेकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.