२०७७ मंसिर १४ गते १५:४६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन निकै शान्तीपूर्ण ढंगले सम्पन्न भएको छ । हिजो भएको मतदानमा दुवै (ढकाल र प्रधान) प्यानलबाट मिश्रित उम्मेदवारहरु निर्वाचित भएका छन् ।
सबैभन्दा आकर्षकका रुपमा हेरिएको वरिष्ठ उपाध्यक्षको पदमा चन्द्र ढकाल विजयी भएका छन् । ढकाल आफ्ना निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई १ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ४ सय ६६ र ढकालले ६ सय ३० मत प्राप्त गरेका थिए ।
उनीहरुसँगै निर्वाचनमै सबैभन्दा बढी अर्थात लोकप्रिय मत ल्याएर विजयी हुने उम्मेदवार हुन् अम्बिका प्रसाद पौडेल र भरतराज आचार्य । चन्द्र ढकाल समूहबाट एसोसिएटमा उम्मेदवारी दिएका पौडेलले सबै उम्मेदवारीभन्दा बढी मत अर्थात ८ सय २ मत प्राप्त गरेर विजयी भए भने आचार्यले पनि ७ सय ४६ मत प्राप्त गरेर विजयी भए ।
को हुन् अम्बिका पौडेल ?
अम्बिका पौडेल पुँजी बजारका लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष हुन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा जन्मिएका पौडेल बैक तथा वित्तिय संस्था, जलविद्युत, कन्स्ट्रक्शन कम्पनी, चन्द्रगिरी हिल्स, उत्पादमूलक उद्योगहरुमा पनि संलग्न भएर काम गर्दै आएका छन् ।
आफूलाई पुँजी बजारकै अभियन्ताका रुपमा चिनाउँदै आएका पौडेलले पुँजी बजारमा आफुलाई अभ्यस्त पार्नकै लागि आफुले सरकारी जागिर छोडेको बताउँछन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पूरा गरेका उनी पछिल्लो समय विभिन्न उद्योगी व्यवसायीहरुकाबिच प्रिय बन्दै गएका छन् ।
झट्ट हेर्दा हँसिला र फुर्तिला देखिने पौडेलको सरल र शालिन स्वभावले नै उनी लोकप्रिय बन्दै गएका छन् । वि.स २०४९ सालदेखि पुँजी बजारमा जोडिएका उनले आजभन्दा २३ वर्ष अगाडि अर्थात २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेपनि उनले आफ्नो रुचीको रुपमा पुँजी बजारलाई लिए र उनी पुँजी बजारमै आफुलाई अभ्यस्त बनाउन पनि सफल भए ।
वि.स २०६५ सालमा लेखा अधिकृतको जागिर छोडेर पुँजी बजारमा प्रवेश गरेको पनि उनलाई २५ वर्षभन्दा बढी भइसकेको छ । पुँजी बजार सम्बन्धि उनको कार्यकौशलता र उनको भद्रताले नै महासंघका मतदाताले उनी महासंघमा आवश्यक परेको कारणले नै उनलाई लोकप्रिय मतका साथ विजयी गराएको प्रष्ट हुन्छ ।
को हुन् भरत आचार्य ?
व्यवसायी भरत आचार्यको नेपाली उद्योग व्यवसाय क्षेत्रमा लामो अनुभव छ । प्युठानमा जन्मेका आचार्यले दुई दशकभन्दा बढी समय व्यापार व्यवसायमा अनुभव हाँसिल गरिसकेका छन् । उनले नेपालमा उत्पादन मुलक उद्योग र ट्रेडिङ व्यवसायमा रहेर काम गर्दै आएका छन् ।
टीएनएस ग्रुपका अध्यक्ष समेत रहेका आचार्यले फर्माप्याक प्रा.लिबाट महासंघको एसोसियट तर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका थिए । उनी आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ७ सय ४६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
युवा उद्यमी तथा व्यवसायी आचार्यसँग यसभन्दा अगाडि पनि महासंघको कार्यसमितिमा बसेर काम गरेको अनुभव छ। उनले महासंघको रोजगारदाता परिसंघको उपसंयोजक भएर काम गरिसकेका छन् । उनले युवाहरुलाई स्वरोजगार बनाउनको लागि पनि विभिन्न पहल कदमी गरेका छन् ।
आचार्य सबै उद्योगी व्यवसायीका एजेण्डालाई सरल तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता भएकै कारण उनलाई धेरैले रुचाउँछन् । व्यवसायीका मुद्दा तथा समस्याहरु समाधानका लागि लागि पर्ने आचार्यको लगनशिलताले नै उनलाई धेरै उद्योगी व्यवसायीले रुचाएर जिताएका छन् ।
सम्बन्धित सामग्री: प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
Copyright © 2025 Bikash Media Pvt. Ltd.