२०७७ मंसिर १५ गते १६:०० विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् ।
उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए ।
हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् । उनले आजै सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.