नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन 

  २०७७ पुष २१ गते ११:३०     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको पनि बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ ।

र, दुबै कम्पनीको सेयर मूल्य समायोजन पछिको मूल्यबाट सेयर कारोबार खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.