नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

  २०७७ पुष २२ गते १२:२१     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकपद सेयर निष्काशन गर्ने भएको छ । हालै १०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको बैंकले त्यसपछि पुनः २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत पुस गते मात्रै चुक्ता पुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डको स्वीकृति पाएको थियो । जुन हाल निष्काशन हुने प्रकृयामा रहेको छ ।

१०० प्रतिशत हकप्रद निष्काशन पछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्ने छ । उक्त पुँजीमा कम्पनीले पुनः २०० प्रतिशत अर्थात एक बराबर २ को अनुपातमा हकप्रद जारी गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव रहेको छ ।

सञ्चालक समितिको विशेष प्रस्तावलाई बैंकको वार्षिक साधराणसभाले पारित गर्नुपर्ने छ । हकप्रद जारी पश्चात विकास बैंकको चुक्ता पुँजी ३९ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।

विकास बैंकको वार्षिक साधारणसभा आगामी माघ १६ गते हुने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभा सो दिन दिउँसो १ बजे चितवनका रत्ननगरस्थित स्टार ब्याङ्क्वेटमा हुने भएको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस २९ गते एकदिन बुक क्लोज हुने भएको छ । यससँगै पुस २८ गतेसम्म कायम सेयरधनीहरू बैंककाे साधारणासभामा भाग लिन याेग्य हुने छन् ।

सम्बन्धित समाचार

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने, पायो बाेर्डकाे अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.