२०७७ पुष २२ गते २२:१० विकासन्युज
काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाले अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमको उद्घाटन गरेको हो ।
भोला परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । तालिम लिनको लागि ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले देशभर रहेका व्यवसायीहरुको सीप अभिवृद्धिका लागि यो तालिम ल्याईएको बताए । ‘सिलाई व्यवसाय गर्नेहरुलाई आधुनिकतातर्फ लैजान यस तालिमले सहयोग गर्ने छ ।’ अध्यक्ष रामकृष्ण श्रेष्ठले भने । यस्तै महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदै फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीहरुलाई थप उर्जा मिलेको बताए ।
साथै प्रदेश र केन्द्रबाट आगामि दिनमा पनि व्यवसायीलाई लक्षित कार्यक्रमहरु लैजाने कार्कीले बताए । कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना, कार्यपालिका सदस्य रमेश तिखत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.