https://www.globalimebank.com/

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कृष्णलाल ढोला पक्राउ

  २०७७ माघ १२ गते १६:३०     विकासन्युज

काठमाडाैं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कृष्णलाल ढोला पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको गत २०७६ मंसिर २३ गतेको फैसलाले जिल्ला काठमाडौं भक्तपुर न.पा.वडां.५ बस्ने ढोलालाई ९ दिन कैद र १० लाख जरिवाना सुनाए पछि फरार रहेका थिए ।

उक्त फरार ढाेलालाई निज प्रतिवादी यस ब्यूरोको टोलीले साेमबार ३ गते अनामनगर, काठमाडाैंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेका छ ।

प्रतिवादी कृष्णलाल ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवाला सुभ कुमारी मगरलाई ज्योति विकाश बेंक ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको कारण उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।