२०७७ माघ १४ गते ११:०९ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना कुनै भेदभाव प्राथमिकताकाे आधारमा सबै नेपालीलाई नि:शुल्क खाेप लगाइने बताएका छन् । ओलीले बुधबार खाेप अभियान सुरु गर्दै सबैलाई बिना कुनै भेदभाव नि:शुल्क खाेप लगाउने बताएका हुन् ।
बुधबार बिहान १० बजे प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा खाेप अभियान सुरु गरेका हुन् । आज १२ हजारलाई खाेप लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.