२०७७ माघ २३ गते १७:४१ विकासन्युज
काठमाडौं । प्रभु क्यापिटलले ‘८ टु ८’ सेवा सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विभिन्न सेवाहरु प्रदान गर्न लागेको हो ।
क्यापिटलले डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले आफ्ना ग्राहकलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गर्ने भएको हो ।
क्यापिटलले बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘८ टु ८’ अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गर्ने छ ।
‘८ टु ८’ अन्तर्गत पाइने सेवाहरु
१. डिम्याट खाता खोल्ने,
२. मेरो सेयर खाता खोल्ने,
३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने,
४. मेरो सेयरको पासवर्ड रिसेट गर्ने,
५. भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने,
६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,
७. राफसाफको लागि डीआईएस लिने,
८. सेयर रोक्का राख्ने कार्य, आदि ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.